धरान: अबिरल बर्षाको कारण घर पुरिदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ ।

धरान १३ नागेश्वर मार्गका निसान राईको ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको हो । निरन्तरको बर्षासँगै आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । त्यसबेला घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । 

pahiro2

घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय धरानको टोली उद्दारको लागी खटिएको थियो । प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुई जना बच्चालाई मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सृुनसरीले जनाएको छ । मृत बच्चको शव वीपी कोइराला स्वास्थ्य विज्ञानत प्रतिष्ठान लगिएको छ ।