धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । 

तिहार अघि नै खाल्डाखुल्डी पुर्ने र कालोपत्रे(पिच) गरिसक्ने लक्ष्य लिएर धमाधाम काम भइरहेको हो । केही दिनयता बुद्धचोकदेखि होटल ड्रिमल्याण्डसम्म वाइपास गरेर काम भइरहेको छ ।  

दैनिकरुपमा सयौं सवारीसाधन तथा विरामी बोकेको एम्बुलेन्स वीपी प्रतिष्ठान आउजाउ गर्ने धनकुटे रोड खाल्डा खुल्डी भएको र सबैले सास्ती व्यहोरेको भन्दै चर्को आलोचना हुन थालेपछि धरान उपमहानगरपालिकाले मर्मतको कार्य थालेको हो । उपमहानगरपालिकाले उपभोक्ता समिति र अनुगमन समिति गठन गरेर मर्मत कार्य गरिरहेको छ । 

dhankute-road1

अनुगमन समितिका संयोजकसमेत रहेका वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)का अनुसार भोली (बुधबार)सम्म खाल्डा खुल्डी परेर कालोपत्रेसमेत गरिसक्ने लक्ष्य लिएर काम धमाधम भइरहेको हो । वीपीमा उपचार गर्न आउने विरामी आवत जावत गर्ने धनकुटे रोडको पुरानो ट्राफिक चोकदेखि बुद्धचोकसम्म अत्यधिक खाल्डाखुल्डी भएकोले उपभोक्ता समितिमार्फत मर्मत कार्य भइरहेको उनले बताए । 'तिहार अघि भोली बुधबार नै पिच भइसक्छ,' अध्यक्ष राईले भने ।

dhankute-road2