धरान: आज राष्ट्रिय विभूति तथा किरात धर्मवलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।

समाज सुधारकारुपमा पनि परिचित फाल्गुनन्दको जन्मजयन्तीको दिन आज प्रदेश १ सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक बर्ष कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइने गरिएको छ । किराँती समुदायको बसोबास भएका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ फाल्गुनन्द जयन्ती धुमधामले मनाइने गरिन्छ । 

आज नै बराहक्षेत्र नगरपालिका ३ नडाहास्थित खोरियामा किरातेश्वर हाङसाम युमा माङहिममा नव निर्मित दुई मन्दिरको उद्घाटन हुदैछ भने महागुरु फाल्गुनन्दको शालिक पनि अनावरण कार्यक्रम रहेको छ ।

फाल्गुनन्दको जन्म विस १९४२ साल कातिक २५ गते भएको थियो । उनले किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारको कामहरु गरेका थिए । समाज सुधार गर्न विस १९८८ वैशाख २४ गते  ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति महत्वपुर्ण रहेको छ । उनले पाँचथरमा मांसाहार र मदिरा सेवन निषेध गर्ने महत्वपुर्ण सहमति गराएका थिए । २००५ साल चैत २२ गते निधन भएका फाल्गुनन्दलाई २०६६ सालमा नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । साथै, उनको फोटो अंकित हुलाक टिकट समेत प्रकाशन गरिएको छ ।