धरान: सुनसरीको दुहबीमा प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । 

प्रतियोगितामा बिहिबार भएको उद्घाटन खेल हाम्रो धरान भेट्रान विजयी भएको छ । धरानले चौधरी ११ भेट्रान सिद्राहा मोरंगलाई २ ० गोल अन्तरले हरायो । धरानको लागि जोनी मोक्तानले ५३ मिनेट र डिल्लीराम श्रेष्ठले ५९ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच धरानका खेलाडी डिल्लीराम घोषित भए । उनले नगद १ हजार हात पारे । जितसँगै हाम्रो धरान टिम प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । 

duhabi-veteran1

प्रतियोगिताको उद्घाटन दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले गरेका थिए । भोली शुक्रबार भरौल भेट्रान क्लब, सुनसरी र मिल्स भेट्रान क्लब रानी मोरंगबीच खेल हुने आयोजकले जनाएको छ । दुहबीस्थित सरस्वती माविको खेल मैदानमा शुरु भएको प्रतियोगितामा १० वटा भेट्रान टिमले सहभागीता जनाएको छ । प्रतियोगिताको विजेताले ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले ३१ हजार पाउनेछ । प्रतियोगिताको फाइनल मंसिर ४ गते हुनेछ ।