धरान: नेपालमा कराते खेलको शुरुवात धरानबाट भएको हो । धरानबाट नै यो खेल देशव्यापी भएको थियो ।

यो खेल नेपालमा भित्र्याउने श्रेय सिंगापुर पुलिसबाट अवकाश प्राप्त थानेश्वर (टिएस) राईलाई जान्छ । उनी नेपाली कराते जगतको संस्थापक हुन् । नेपालका कराते खेलका सबैका गुरु राई भने हाल अमेरिकामा बस्छन् । यद्यपी उनी बेला बेला मातृभुमी नेपाल आइरहन्छन् । नेपाल भ्रमणको क्रममा शुक्रबार उनी धरानमा आएका थिए । कराते खेलको शुरुवात गरेको ठाउँमा आउदा उनी उत्साहित हुने नै भए, अझ यहाँ उनले नयाँ पुस्ताका खेलाडीहरुको अघि सम्मान पाउदा औधी खुशी पनि भए । 

Karate-thaneswor9

राईले पञ्चायती व्यवस्थाको बेला भुमिगतरुपमा धरानमा कराते सिकाउन थालेका थिए । सिंगापुर पुलिसमा कार्यरत हुँदा उनले कराते सिकेर आएका थिए, र तीसको दशकमा धरानमा सिकाउन थालेका थिए । उनले धरानको महेन्द्र बहुमुखी क्याम्पस, विजयपुरको मैदान, पञ्चकन्या जंगलमा सिकाएका थिए । जोगवनीमा पनि पुगेर उनले कराते सिकाएको इतिहास छ । 

सम्मान कार्यक्रममा राईले कराते खेलसँग सम्बन्धित देश विदेशको अनुभवहरु बाँडेका थिए । साथै, युवतीहरुले आत्मरक्षाको लागी मात्र नभएर पछिल्लो समय खेल र ओलम्पिकमा पदक जित्ने लक्ष्य लिएर पनि सिक्न आवश्यक भएको धारणा राखे । उनले धरान रंगशालामा नयाँ खेलाडीहरुलाई केही समय प्रशिक्षणसमेत गराएका थिए । 

भिडियो:

Karate-thaneswor10

Karate-thaneswor6

Karate-thaneswor8

karate-Thaneswor2

karate-Thaneswor5

karate-Thaneswor4