सुनसरी: इटहरी पश्चिमलाइनस्थित शैक्षिक परामर्श केन्द्र काठमाण्डौं इन्फोसिस एजुकेसन कन्सल्टेन्सी (केआइइसी)ले बिशेषज्ञहरुको सहभागितामा सेमिनार आयोजना गर्ने भएको छ । 

विदेश अध्ययनको लागि विश्वासनीय परामर्श दिदै आएको केआईइसी कार्यालयमा यही मंसिर २० गते सोमबार सेमिनार हुन लागेको हो । सेमिनारमा विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूबाट आएका विशेषज्ञहरूले परामर्श दिने केआइआईसी इटहरीका प्रबन्ध निर्देशक उमेश भण्डारीले जानकारी दिए । उनका अनुसार वैदेशिक अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको अन्यौलता हटाउदै आवश्यक शैक्षिक परामर्श दिनको लागि सेमिनार आयोजना गरिन लागेको हो । केआईइसीले विगत १५ वर्षमा ५ हजार बढी विद्यार्थीलाई अध्ययनको लागि विदेश पठाइसकेको छ । 

केआइइसीको प्रदेश १ मा इटहरी, विराटनगर र बिर्तामोडमा शाखा सञ्चालनमा छ । शैक्षिक परामर्शको लागि धेरै संस्थाहरु खुलेको भएपनि केआईइसिले करिअर काउन्सिलिङ र विद्यार्थी भर्नामा पनि सहजीकरण गर्दै आएको छ भने आर्थिक अभावले समस्यामा परेका विद्यार्थीहरुको लागि छात्रवृत्ति व्यवस्था मिलाउने योजना रहेको पनि प्रबन्ध निर्देशक भण्डारीले बताए । केआईइसिले बेलायत, अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड, क्यानडालगायत देशहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरुको चाहना अनुसार नै परामर्श र सहजीकरण गरिरहेको जनाएको छ ।

अमेरिका, आयरल्यान्ड, जापान स्विजरल्यान्ड, फिनल्यान्ड, नर्वे, जर्मनी, पोल्यान्ड, डेनमार्क, साइप्रस, सिंगापुरलगायत विभिन्न देशका शैक्षिक संस्थाहरुमा केआईइसिले विद्यार्थीहरूलाई पठाइरहेको छ । केआईइसिले भाषा कक्षा, परीक्षा तयारी, शैक्षिक गोष्ठी, कार्यशाला र विभिन्न प्रस्तुतीहरू पनि भरपर्दो तथा गुणस्तरीयरुपमा दिइरहेको छ । टोफेल, आइल्ट्स, स्याट, जिआरइ र जिम्याटका कक्षाहरू पनि सञ्चालन गर्ने भण्डारीको भनाई छ । केआइइसी विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको व्यावसायिक इजाजत प्राप्त गरेको छ । यहाँबाट हरेक वर्ष पाँच सय विद्यार्थी विदेश जाने गरेको कम्पनीको रेकर्ड छ।