धरान: प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले पुष्प बिरुवा रोपण कार्यक्रम आयोजना गरेका छन् । 

शुक्रबार आयोजित कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डिएच्.एम्का विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूलाई बिरुवाको हेरचाह गर्ने र बिरुवा रोप्ने विभिन्न प्रविधिको बारेमा जानकारी पनि दिइएको थियो । पवित्र नर्सरी धरानका संचालक दिवेश लिम्बुले विद्यार्थीहरुलाई जानकारी दिएका थिए । 

prime

प्रत्येक विद्यार्थीले आ आफ्नो गमला र बिरुवा ल्याएका थिए । उक्त विरुवाको हेरचाह प्रत्येक विद्यार्थीले वर्ष भरि आफैले गर्नुपर्ने हुन्छ । बिरुवाको हेरचाह गर्ने विद्यार्थीहरूले जीवनको हेरचाह गर्न पनि सक्षम हुन्छ भन्ने अवधारणा रहेको प्राइम भिजनका सीईओ अभिषेक श्रेष्ठले बताए । उने भने, हाम्रो उद्देश्य विद्यार्थीहरूलाई जीवनको बारेमा सचेत गराउनु र सन्तुलित जीवन शैली बाँच्न सिकाउनु हो ।

 प्रत्येक वर्ष विद्यार्थीहरू सक्रिय रूपमा यस्तो कार्यक्रममा भाग लिने कलेजले जनाएको छ । प्राइम भिजनको शिक्षण शैली र विद्यार्थीको तालिम फरक रहेको दाबी गरेको छ । कलेजले विद्यार्थीलाई किताबी अध्ययन मात्र नगराई जीवनपयोगी सीप, मानवता र सामाजिक चेतना पनि सिकाउने गरेको छ ।