धरान: २०७२ सालमा सेवक अभियान स्थापना हुँदा यसको उद्देश्य थियो, स्वयम्सेवीरुपमा सामाजिक काम गर्ने । करिब २ बर्ष सेवक अभियन्ताहरुले विभिन्न सामाजिक गतिविधिहरु गरेर समय बिताए ।

२०७४ सालमा सेवकले नयाँ काममा पाइला चाल्यो, वाक फर हेल्थ अर्थात स्वास्थ्यको लागि पदयात्रा । तत्कालिन मेयर तारा सुब्बा पनि धरानको सिंहदेवी चोकबाट विजयपुर चोकसम्म पैदल हिडेर अभियान शुरुवात गरिएको थियो । प्रत्यके शनिबार हुने यो पदयात्रा आज शनिबार १८९ औं हप्ता पुगेको छ । 

सेवक अभियानले धरान र आसपासको जिल्लामा रहेका ग्रामिण पर्यटकीय क्षेत्रहरुको पहिचान गर्ने र रुट पत्ता लगाएर पदयात्रीहरुलाई पदयात्रामा लैजाने गरेको छ । यसले त्यसक्षेत्रको पर्यटनमा टेवा पुग्छ भने स्वास्थ्य रहन पनि मानिसहरुलाई मद्दत पुगिरहेको छ । 

sewak3

सेवक अभियान र त्यहाँ जोडिएका अभियन्ता, पदयात्रीहरु केवल यात्रा गर्न, प्रकृतिसँग रमाउन मात्र सिमित हुदैनन् । उनीहरुले पदयात्रासँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिइरहेका छन् । खास गरि उनीहरुले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नमा केन्द्रीत छन् । यसको मुख्य कारण सामुदायिक विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बनाउनु रहेको सेवक अभियानका अध्यक्ष राजिव हलवाई बताउँछन् ।

४८८ विद्यार्थीलाई स्वीटर र टोपी

सेवक अभियानले हिजो शुक्रबार धनकुटाको चौबिसे गाउँपालिकामा रहेका विभिन्न पाँच विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा स्वीटर, टोपी र स्टेशनरी वितरण गरेको छ । चौबिसेको राजारानी क्षेत्रका ५ विद्यालयका ४८८ विद्यार्थीलाई स्वीटर, टोपी, र स्टेशनरी(कपी) वितरण गरेको हो ।

sewak1

अध्यक्ष हलवाईका अनुसार राजारानीस्थित पुष्य माविका ३७९ जना, कोर्णास्थित जलकन्या माविका ४० जना, थाप्रोङस्थित जनशिक्षा सदन प्राविका १८ जना, तिलिगाउँस्थित दुर्गा तिलिङ प्राविका २६ जना र शिखरपुरस्थित बराह प्राविका २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी कपी वितरण गरिएको हो ।

पुष्य माविमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खगेन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले विद्यार्थीहरुलाई कपडा, शैक्षिक सामग्री वितरण गरेका थिए । गाउँपालिका, हिमालयन बैंक र अर्विन एण्ड ब्रदर्ससँगको सहकार्यमा विद्यार्थीहरुलाई कपडा तथा शैक्षिक सामग्री वितरण भएको हलवाईले जानकारी दिए । ‘विकट र विपन्न ठाउँमा सामुदायिक स्कुलप्रति विद्यार्थीहरुको आकर्षण बढोस् भनेर यसरी सहयोग गर्दै आइरहेका छौ, सबै विद्यार्थीहरुले राम्रो शिक्षा पाउन् भन्ने हाम्रो उद्देश्य हो,’ हलवाईले भने । उक्त कार्यक्रममा धरानबाट हाइकर्स टोली, हिमालय बैंकका कर्मचारी र अर्विन एण्ड ब्रदर्सका सञ्चालकसमेत राजारानी गएका थिए ।

sewak5

अघिल्लो शनिबार सेवकको आयोजनामा हाइकर्स टोलीले धनकुटाको उत्तरपानीमा बौद्धिक अपांगता भएका ३५ जना विद्यार्थीलाई पनि स्वीटर र टोपी वितरण गरेको थियो । पदयात्राको रुटमा परेको उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हलवाईले बताए । गत बर्ष पनि जाडो समयमा पाँचथरका १७५१, सोलुखुम्बुका २ सय, ओखलढुंगाका ८ सय बढी र खोटाङका पनि ८ सय बढी विद्यार्थीहरुलाई सेवक अभियानले न्यानो कपडा वितरण गरेको थियो । 

sewak2

sewak6

sewak7

sewak4