धरान: चार दिने सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । 

पार ७० को धरान गल्फ कोर्षमा कुल ४८ जना गल्फरहरु सहभागी छन् । ती मध्ये ३० जना व्यवसायिक खेलाडी हुन् भने १८ जना एमेच्योर खेलाडी हुन् । चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ ।

मुख्य स्पर्धाको विजेताले ट्रफीसहित नगद १ लाख ३५ हजार पाउनेछन् भने दोस्रोले ८८ हजार र तेस्रो हुनेले ६५ हजार नगद पाउनेछन् । दोस्रो दिनको खेल समाप्त भएपछि कट बनाएका २१ जना व्यवसायिक र ६ जना एमेच्योर खेलाडीले मात्र तेस्रो दिनको लागि छनौट हुनेछन् । कट पार गरेका सबै व्यवसायिक खेलाडीहरुले तेस्रो दिनको खेल सकिएपछि उनीहरुले पाएको स्कोर र स्थान अनुसार नगद पुरस्कार पाउनेछन् । एमेच्योरतर्फका पहिलो र दोस्रो खेलाडीले भने ट्रफी पाउनेछन् ।

मेयरले गरे खेलाडीहरुलाई स्वागत

golf2

प्रतियोगितामा भाग लिन आएका खेलाडीहरुलाई धरानका मेयर तिलक राईले स्वागत गरेका छन् । प्रतियोगिता खुरु हुनु अघि उनले खादा लगाएर खेलाडीहरुलाई स्वागत तथा शुभकामना दिएका थिए ।

मेयर राई नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् । खेलाडीहरुलाई उत्साह दिलाउनको लागि स्वागत गरिएको उनले बताए । प्रतियोगितामा धरानका व्यवसायिक र एमेच्योर खेलाडीहरु पनि छन् । 

golf1

golf3

eastern-golf

golf8

eastern-golf6

eastern-golf1

eastern-golf4