धरान: हिजो शुक्रबार राती सुनसरीको भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सिमाना खुनिया खोला पुलमा भएको भयानक दुर्घटनामा ज्यान गुमाएका ३ जना मध्ये दुई जनाको मात्र सनाखत भएको छ । 

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमतर्फ जादै गरेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस र पुर्वतर्फ गइरहेको ना ५ ख २९९६ नम्बरको सिमेन्ट बोकेको ट्रक करिब साढे ७ बजे जधुेको थियो । उक्त दुर्घटना पश्चात अचानक दुवै सवारी साधनमा आगलागी भएको थियो ।

दुर्घटनामा मृत्यु भएका ३ जना मध्ये बस चालक पाँचथर घर भएका सुरेन राई र ट्रक चालक बारा जिल्लाको निजगढ ९ का २७ बर्षीय शेख फिरोजको मात्र सनाखत भएको छ। मृतक तिनैजनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । अन्य एक जना मृतक पुरुषको पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा १३ जना घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पताल इनरुवा र न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने प्रायः सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यी हुन् घाइतेहरु:

१, बसको कन्डक्टर (झापा मेचीनगर नगरपालिका ४ का ३६ बर्षीय रबिन ढुङ्गेल ( सामान्य, नोबेल अस्पताल ) 

२, मोरङ सुन्दर हरैचा नगरपालिका ९ का २२ बर्षीय बिक्रम कटवाल ( सामान्य, न्युरो ) 

३, बसमा सबार दोलखा बिगु ७ का बर्ष ५६ को मिङमा शेर्पा ( सामान्य, न्युरो ) 

४, बसमा सबार बारा निजगढ ९ का बर्ष ४० को दिपक श्रेष्ठ ( सामान्य, न्युरो ) 

५, बसको सहचालक उदयपुर चौदण्डीगढी ४ का बर्ष २२ को दिल कुमार बिक ( सामान्य, न्युरो ) 

६, बसमा सबार महोतरी मठियानी ६ का बर्ष २९ को राहुल कुमार मण्डल (सामान्य, न्युरो)

७, काठमाण्डौ काठमाण्डौ ३० का बर्ष ५० को सादकन मिया (सामान्य, न्युरो) 

८, बसमा सबार भारतका बर्ष ४२ की मुना प्रधान (सामान्य, न्युरो ) 

९, बसमा सबार भारतका बर्ष ६० को उमेश लामा (सामान्य, न्युरो ) 

१०, बसमा सबार भारतका बस्ने बर्ष ६५ की अमृता लामा ( सामान्य, न्युरो ) 

११, बसमा सबार पाँचथर फिदिम १० का बर्ष ३८ को पेवाहाङ जगेबु (सामान्य, जिल्ला अस्पताल ) 

१२, बसमा सबार तेह्रथुम दाङगोपा ९ का बर्ष ३३ को जित बहादुर लिम्बु ( सामान्य, जिल्ला अस्पताल) 

१३, बसमा सबार ईलाम माई नगरपालिका ४ का बर्ष ४४ को गोपाल दाहाल ( सामान्य, जिल्ला अस्पताल )