धरान: कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ। 

 १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी गराउन सिफारिश भएको छ भने १२ वर्षमुनिका बालबालिकालाई बार अनुसार आलोपालो कक्षामा सहभागी गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । 

यसैगरि, फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि पनि सिफारिस गरेको छ । रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सिफारिश भएको छ । यस्तै, पाटी प्यालेसमा फुल क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस भएको छ । तर भेला, सभा सम्मेलनमा लगाइएको प्रतिबन्ध खुला नगरिएको प्रवक्ता नेपालले बताइन् ।