धरान: फुटबलको विकास तथा खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले भोली शनिबारदेखि धरानमा ग्रासरुट फुटबल प्रशिक्षण शुरु हुने भएको छ । 

धरान १६ स्थित रंगशालामा हरेक शनिबार फुटबल प्रशिक्षण शुरु हुन लागेको हो । प्रशिक्षणमा ६ देखि १२ बर्ष उमेर समुहका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण दिइने प्रशिक्षण संयोजक सतिस केसीले जानकारी दिए । बालबालिकाहरुलाई फुटबल खेलप्रति आकर्षित गराउने अपेक्षा गरिएको उनको भनाई छ। 

यो प्रशिक्षण गत बर्ष चैतमा स्थगित भएको थियो । कोभिड १९ को संक्रमण बढ्दै गएपछि प्रशिक्षण रोकिएको थियो । प्रत्येक शनिबार बिहान ७ बजेदेखि रंगशालामा प्रशिक्षण हुने फुटबल प्रशिक्षक अर्जुन राईले बताए । बालबालिकाहरुलाई ग्रासरुट फुटबल प्रशिक्षण निःशुल्क हुनेछ । गत वर्ष करिब दुई सय जना बालबालिकाहरु प्रशिक्षणमा भाग लिएका थिए । 

grass-root1