धरान: धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा मृत भेटिएको महिलाको सनाखत भएको छ । 

मृत महिलाको छोराछोरी र आफन्त आएर मृतकको सनाखत गरेका हुन् । मृतक महिला इटहरी ५ मा डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् ब्रुनाईमा छन् । उनी भारतीय सेनाबाट अवकाश पाएपछि ब्रुनाईमा गएका हुन् । 

dead3

डिएसपी नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुदैछ । इटहरीमा डेरा गरि बस्ने रहेछ । श्रीमान् ब्रुनईमा छन्,’डिएसपी कुँवरले भने,‘केटाको पनि पहिचान गर्ने काम हुदैछ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।’ 

मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

भिडियो:

    dead2

kantipur-hotel1