धरान: १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भइन् ।

नेपालकै सर्वाधिक धेरै धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगता आज शनिबार सम्पन्न भएको हो । करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क्लबबाट सहभागी पुरुषतर्फ दुर्गाबहादुरले ३१ मिनेट ३ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन् । जुम्ला स्थायी ठेगाना भएका बुढा हाल भारतीय सेनामा कार्यरत छन् । 

यस्तै, बाग्लुङका अनिश थापाले ३१ मिने ४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए । उनी पनि भारतीय सेनामा कार्यरत छन् । यसैगरि, काठमाण्डौंका मुकेश पलले ३१ मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।

dharan-run-final6

महिलातर्फ प्रथम भएकी पुष्पाले ३५ मिनेट २६ सेकेण्डमा दुरी पार गरिन् । उनी एपिएफकी खेलाडी हुन् । दोस्रो भएकी एपिएफकै फुलमति रानाले ३८ मिनेट ४० सेकेण्डमा दुरी पार गरिन् भने तेस्रो भएकी हनाह करासले ४१ मिनेट १४ सेकेण्डमा दौड पुरा गरिन् । महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार नगदसँगै मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।

यसैगरि, अण्डर १६ उमेर समुहमा पुरुषतर्फ प्रशान्त तामाङ प्रथम, रोधन राई दोस्रो र सरोज सिंह तेस्रो भए भने महिलातर्फ पेमा तामाङ प्रथम, कुशुम राई दोस्रो र जस्मिता राई तेस्रो भइन् । 

dharan-run-final1

अण्डर १२ उमेर समुहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम, ज्वाला राई दोस्रो र तयाहाङ राई तेस्रो भए भने महिलातर्फ इशिका थापा मगर प्रथम, युमिना राई दोस्रो र अञ्जली राई तेस्रो भइन् । यस्तै, सुपर भेट्रानतर्फ धरानका इन्द्रबहादुर लिम्बु प्रथम र दार्जिलिङका पवनदास प्रधान दोस्रो भएका थिए । 

अण्डर १६, अण्डर १२, भेट्रानलगायत स्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरुलाई नगद ७ हजार, ५ हजार र ३ हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

dharan-run-final3

dharan-run-final4

dharan-run-final7

dharan-run-final5

dharan-run-final8

dharan-run-final9

dharan-run-final15

dharan-run-final19

dharan-run-final10

dharan-run-final18

dharan-run-final13

dharan-run-final12

dharan-run-final14

dharan-run-final16