धरान: रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । 

अघिल्ला बर्षहरु कोरोना संक्रमणको कारण होली पर्व प्रभावित भएको थियो । कोरोना संक्रमण न्युन भएकोले यसपाली भने देशभर होली पर्वको रौनक छ । धरानमा पनि आज होलीको रौनक छ । होली पर्वको अवसरमा भानुचोकमा होली हंगामा कार्यक्रम हुने तयारी छ । विगतका बर्षहरुमा पनि भानुचोकमा सांगीतिक कार्यक्रमसहित होली हंगामा कार्यक्रम हुने गरेको थियो । पछिल्लो २ बर्ष भने होली हंगामा कार्यक्रम भएको थिएन ।

holi2

होलीकै अवसरमा घण्टाघरमा सुनसरी बहिरा संघले होली रमाइलो कार्यक्रम आयोजना गरेको छ । सुस्त श्रवण भएकाहरुले एकआपसमा रंग दलेर होली मनाएका छन् । यस्तै, होलीकै अवसरमा धरान १२ स्थित अमान बजारमा मारवाडी युवा समाजले पनि होली कार्यक्रम आयोजना गरेको थियो । हेरौ धरानको होली मनाउदै गरेका तस्बिरहरु:

holi3

holi5

holi7 

holi8

holi6

holi14

holi9

holi15

holi18

holi16

holi17