धरान: चैत्र १५ गतेदेखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर वास्केटवल प्रतियोगिताको प्रविधिक टिमलाई धरान १९ स्थित झुनाज फिटनेस एण्ड वेलनेसले टि सर्ट प्रदान गरेको छ ।

करिब १५ हजार रुपैया बराबरको ११ थान टि र्सट झुनाज फिटनेसले सहयोग गरेको हो । शनिवार फिटनेसकी सञ्चालिका तथा प्रशिक्षक झुना राईले प्रदेश १ बास्केटवल प्रशिक्षक एवं प्रतियोगिताका संयोजक विकास चाम्लिङ राई र धरान मेघा हिमालयन कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेमलाई हस्तान्तरण गरिन् । 

धरानका दिवंगत उदयीमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा, धरान बास्केटवल संघको संयोजन, सुनसरी बास्केटवल संघ र १२ नं वडाको सहयोगमा हुन लागेको हो। प्रतियोगिताको लागि रेवाहाका अभिभावकले २ लाखको अक्षयकोषसमेत स्थापना गरिदिएका छन् । उक्त अक्षयकोषको ब्याज रकम, आयोजक धरान मेघा कलेज र धरान वास्केटवल संघको व्यवस्थापनबट प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडिलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफि पव एण्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ । उदयीमान खेलाडीले ट्रफ्रि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

फाइनल अघि कफि पव थ्री पोइन्ट कम्पिटिसन हुने

प्रतियोगिताको फाइनल खेल अघि कफि पव थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा थ्री पोइन्टमा सहभागीले १ मिनट थ्री पोइन्ट सट गर्नेछ । त्यसमध्येबाट उत्कृष्ट ३ खेलाडी छनौट हुनेछ। फाइनल चरणमा छनौट भएका मध्येबाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट बास्केट गर्नेछ, उही थ्री पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद दुई हजार, कफि पव फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछन् ।