धरान: चुनावको मुखमा ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरको काज सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले डिएसपी कुँवरको २ दिनअघि काज सरुवा गरेको हो । उनलाई अचानक विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट डिएसपी बुद्ध श्रेष्ठलाई पठाइएको छ । 

काज सरुवा भएका डिएसपी कुँवर आइतबार विदा भइसकेका छन् । उनलाई एक कार्यक्रम आयोजना गरि ईलाका प्रहरी कार्यालयबाट विदाई गरिएको थियो । डिएसपी कुँवर धरानमा प्रहरी प्रमुख भएर आएको ९ महिना मात्र भएको थियो । सामान्यरुपमा एक बर्ष पुरा भएपछि मात्र डिएसपीको सरुवा हुने गर्छ । कार्यकाल पुरा नहुदै काज सरुवा हुनुलाई राम्रो मानिदैन । 

कुनै विवादमा नपरेका र पछिल्लो गम्भीर प्रकृतिको घटनामा अब्बल अनुसन्धान गरेर प्रदेशभरिकै सर्वोत्कृट प्रहरी (पुलिस अफ दि मन्थ)को पुरस्कार पाएका डिएसी कुँवरको चुनावको मुखमा गरिएको काज सरुवाले तरंग सृर्जना गरेको छ भने विभिन्न अडकलबाजी हुन थालेको छ । उनको सरुवा राजनीतिक स्वार्थप्रेरित भएर गरिएको अनुमान छ । 

dsp1