धरान: प्रहरी प्रधान कार्यालयबाट ईलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई आएका डिएसपी बुद्ध श्रेष्ठले कार्यभार सम्हालेका छन् ।

डिएसपी श्रेष्ठ हिजो (बिहिबार) धरान आइपुगेका थिए । उनलाई ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक हेमराज ओली, प्रहरी निरीक्षक गजेन्द्र रायमाझीसहित प्रहरी टोलीले स्वागत गरेका थिए । प्रधान कार्यालयले धरानका डिएसपी नरेन्द्र कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेर डिएसपी श्रेष्ठलाई पठाएको थियो । 

भोजपुरको पौवा दुम्मा गाउँपालिका घर भएका श्रेष्ठ यसअघि प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी बिशेष कार्यदल (स्पेशल फोर्स)मा कार्यरत थिए । उनी प्रहरी सेवामा प्रवेश गरेको गत असार १ गते २० बर्ष पुरा भएको छ । 

बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

dsp-dharan1

धरानमा प्रहरी प्रमुख भएर आएका डिएसपी श्रेष्ठले बढुवा भएका ६० जना विभिन्न पदका प्रहरीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रहरी नियमावली संशोधन भएपछि दर्जा बढेसँगै बढुवा भएका ईलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरीहरुलाई डिएसपी श्रेष्ठले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

डिएसपी श्रेष्ठका अनुसार प्रहरी सहायक निरीक्षक (सई) बाट वरिष्ठ सईमा २ जनाको बढुवा भएको छ भने प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा १५ जना बढुवा भएका छन् । यसैगरि, प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा ४३ जनाको बढुवा भएको छ ।

dsp-dharan

dsp-dharan2