धरान: अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघको ९ औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।  बिहिबार धरान १७ स्थित एन्फा टेक्सिनल सेन्टरको हलमा आयोजित अधिवेशनले नविन राईको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की पनि सर्वसम्मत चयन भएका छन् । 

nabin-rai

यसैगरि, सदस्यहरुमा बाबुराम प्रसाद बजगाई, दवचरण बहरदार, पशुपतिकुमार सरदार, केशवकुमार कार्की, खेमराज कोइराला, प्रताप तामाङ, घनश्याम बुढाथोकी, धनबहादुर राई र महिला सदस्यमा शारदा लिम्बु पनि निर्विरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

कार्यसमिति १५ सदस्यीय हुने भएपनि २ जना मनोनित गरिने नवनिवार्चित अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार कार्यसमिति बैठक बसेर महासचिव र कोषाध्यक्ष मनोनित गरिनेछ । कार्यसमितिको कार्यकाल ४ बर्षको हुनेछ । 

anfa1