धरान: धरानमा जारी मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगितामा वडा नं ८ र वडा नं १५ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १७ स्थित श्री माध्यामिक विद्यालयको बास्टेकवल कोर्टमा बिहिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा नं ८ ले वडा १४ लाई ७१-३६ स्कोरको फराकिलो अन्तरले पराजित गर्यो । वडा नं ८ ले प्रत्येक क्वाटर १६-८-३३-१४ स्कोर गरेको थियो । यस्तै, वडा नं १४ ले ६-११-११-८ स्कोर जोडेको थियो । जितसँगै वडा ८ सेमीफाइनल प्रवेश गरेको छ । उक्त खेलमा वडा ८ का दिवस राई म्यान अफ दि म्याच घोषित हुँदै नगद १ हजार र मेडल हात पारे । उनले व्यक्तिगत ३९ स्कोर गरेका थिए । 

meyor-cup

यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा वडा १५ ले वडा नं १९ लाई ६२-४९ स्कोरले पराजित गर्यो । वडा १५ ले प्रत्येक क्वार्टरमा १७-१२-१६-१७ स्कोर गर्यो भने वडा नं १९ ले ९-१५-१२-१३ स्कोर गर्यो । उक्त खेलको म्यान अफ द म्याच वडा १५ का शिशिर राई घोषित हुँदै नगद १ हजार र मेडल हात पारे । उनले व्यक्तिगत २० स्कोर गरेका थिए । 

भोली शुक्रबार पहिलो सेमिफाईनल खेल वडा नं ८ र वडा नं १५ बीच दिउँसो ३ बजे हुने प्रतियोगिताको व्यवस्थापक हराईजन क्लबले जनाएको छ । प्रतियोगिता धरान उपमहानगरपालिकाको आयोजनामा पहिलो पटक मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता भएको हो ।