धरान: प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोशा वडा कार्यसमिति प्रथम भएको छ । 

किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हासपोशा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम भएसँगै उक्त कार्यसमितिले नगद ३० हजार पुरस्कार हात पारेको छ । साथै, वावु रनिङ कप पनि पाएको छ । 

पुरस्कृत कार्यसमितिकी अध्यक्ष इन्दिरा राईलाई आयोजक संस्थाका अध्यक्ष राजेन्द्र राई, निवर्तमान अध्यक्ष वलराम राई, वावु रनिङ कपका दाता तथा यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले हस्तान्तरण गरेका थिए । 

sakela1 2

यसैगरि, शिली प्रर्दशनीमा धरान १९ वडा कार्यसमिति दोस्रो हुँदै नगद २५ हजार पुरस्कार पाएको छ भने धरान १७ वडा कार्यसमिति तेस्रो भएको छ । उक्त कार्यसमितिले नगद २० हजार पाएको छ । प्रतियोगितात्मक शिली प्रर्दशनीमा किराया सुनसरी भरिको ३० भन्दा बढी वडा कार्यसमितिहरुले सहभागिता जनाएको थियो । 

यसैगरि, उत्कृष्ट पहिरनको पुरस्कार धरान १८ वडा कार्यसमितिकी निनाम्माङ्ग राईले पाइन् । उत्कृष्ट ढोलबादक धरान १७ वडा कार्यसमितिका सतिस राईले पाए । दुवैले जनही नगद ३ हजार पुरस्कार पाए । 

sakela7 1

यस्तै, प्रोत्साहन पुरस्कारतर्फ सबैभन्दा बढी अरुको कार्यक्रममा सहभागिता जनाउने धरान भित्र वडा १५ कार्यसमिति र धरानबाहिर इटहरी ६ कार्यसमितिले पुरस्कार पायो । दुवैले ५ ५ हजार नगद पुरस्कार हात पारेको छ । सुनसरी भरिको मौलिक भेषभुषातर्फ धरान १७ प्रथम, धरान ८ दोस्रो र धरान ५ र ६ तेस्रो भएको छ । उनीहरुले क्रमशः नगद पुरस्कार ७ हजार, ५ हजार र ३ हजार हात पारेको छ । 

उत्कृष्ट कार्यक्रम व्यवस्थापन धरानभित्रमा धरान ८, धरान १५ र धरान १३ वडा कार्यसमितिले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार हात पारेको छ । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार प्राप्त गर्यो । सोही विधामा धरानबाहिरतर्फ इटहरी ५ र ७ वडा कार्यसमिति प्रथम, बक्लौरी दोस्रो र इटहरी २ शान्तिनगर तेस्रो भएको छ । उनीहरुले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पार्यो । 

sakela5 1

उत्कृष्ट साँस्कृतिक सामग्री प्रर्दशनतर्फ धरानभित्र धरान १३ प्रथम, धरान ८ दोस्रो र धरान १६ तेस्रो भयो । धरानबाहिरमा इटहरी ५ र ७ प्रथम, इटहरी १, १९, २० दोस्रो र पकली तेस्रो भएको छ । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार हात पार्यो । 

उत्कृष्ट सहभागी विधामा धरानभित्र वडा १५, ८ र १९ कार्यसमिति प्रथम, दोस्रो र तेस्रो भयो । धरानबाहिर इटहरी १, १९, २० हाँसपोशा प्रथम, इटहरी २ शान्तिनगर दोस्रो र पकली तेस्रो भयो । उनीहरुले पनि ७ हजार, ५ हजार र ३ हजार क्रमशः नगद पुरस्कार हात पार्यो । 

साकेला उभौलीको विधिवत समापन

sakela12 1

बैशाखे पुर्णिमादेखि ढोल झ्याम्टा पूजेर शुरु भएको साकेला उभौली पर्व किरात राई यायोक्खा सुनसरीले शनिबारदेखि विधिवतरुपमा समापन गरेको छ । साकेला सँस्कृतिक पार्कमा वृहतरुपमा शिली प्रर्दशनी गर्दै यो बर्षको साकेला उभौली समापन गरेको हो । 

उभौली पर्वको अवसरमा प्रकृति पुजक किरात राईहरुले बैशाख पुर्णिमादेखि १५ दिनसम्म साकेला शिली नाचेर मनाउने गरेका छन् । शनिबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सभामुख प्रदिपकुमार भण्डारी थिए भने अतिथिहरुमा प्रदेशका सामाजिक विकास मन्त्री राजन राई, धरानका मेयर हर्क साम्पाङ, यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राईले मन्तव्य व्यक्त गरेका थिए । 

sakela2 1

sakela8 2

sakela6 1

sakela9 2

sakela10 1

sakela11 1

sakela13 1

sakela14 1

sakela15 1

sakela16 1

sakela17 1

sakela18 1