धरान: धरान १५ मा वृहतरुपमा साकेला पूजा तथा सिली प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । 

किरात राई यायोक्खा १५ नम्बर वडा कार्यसमितिको आयोजना शुक्रबार साकेला पूजा तथा सिली प्रर्दशनी भएको हो । धरान १५ खोरिया बस्तीस्थित साकेला धार्मिक वन क्षेत्रमा कार्यक्रम भएको थियो । आफ्नो साँस्कृतिक भेषभुषामा सजिएर कार्यक्रममा राई समुदायका युवायुवती तथा वृद्धवृद्धाहरु सहभागी थिए । 

शनिबार धरान १७ साकेला पार्कमा वृहत कार्यक्रम हुने

sakela2

शनिबार धरान १७ स्थित साकेला पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी कार्यक्रम हुने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा कार्यक्रम हुन लागेको हो । 

उक्त कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रमुख अतिथि रहने जिल्ला अध्यक्ष राजेन्द्र राईले जानकारी दिएका छन् । साथै, कार्यक्रमा बिशिष्ट अतिथि प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु रामकुमार राई, राजनकुमार राई, धरानका मेयर हर्कराज राई, उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी हुनेछन् । 

sakela4

कार्यक्रममा सिली प्रर्दशनीमा प्रथम हुने टोलीले नगद ३० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछ । यस्तै, व्यवस्थापनमा धरानभित्र र धरान बाहिरको टोलीले प्रथम, दोस्रो र तेस्रो क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाउनेछ । सहभागितातर्फ धरान भित्र र बाहिर, साँस्कृतिक सामग्रीतर्फ धरान भित्र र धरान बाहिरको टोलीले पनि प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार हात पार्नेछ । 

यसैगरि, भेषभुषातर्फ पनि पुरस्कृत गरिनेछ । उत्कृष्ट भेषभुषा महिलातर्फ र उत्कृष्ट ढोल प्रर्दशनीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सुनसरीको २५ वटा वडा कार्यसमिति सहभागी हुनेछ भने ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । 

भिडियो:

sakela7

sakela8 1

sakela9 1

sakela6

sakela5