धरान: धरानको वडा नं १४ मा आज (शुक्रबार)देखि सरसफाई अभियान शुरु भएको छ । 

वडा कार्यालयले विजयपुर चोकदेखि वडा नं १ स्थित रेडक्रस भवनसम्म सरसफाई गर्दै हरेक शुक्रबार सरसफाई कार्यक्रम गर्ने घोषणा गरेको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, स्थानीयबासी, प्रहरीको पनि सहभागिता रहेको थियो । वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीय सरकारले मात्र नभै सबै वडाबासी र नगरबासीहरुले आफ्नो घर, करेसाबारी सफा राखेमा नगर स्वच्छ, सफा र सुन्दर हुने चेतना फैलाउन अभियान गरिएको बताए । 

वडा नं १४ धार्मिक पर्यटकीय क्षेत्र पनि भएकोले वडालाई सफा र सुन्दर बनाउन अभियान शुरु भएको वडाअध्यक्ष भट्टराईको भनाई  छ । वडाअध्यक्ष भट्टराईले आगामी शुक्रबार पिण्डेश्वर मन्दिर क्षेत्रमा पत्रकार महासंघसँग सहकार्य गरेर सरसफाई कार्यक्रम गर्ने बताए । यसको लागि पत्रकार महासंघलाई पत्राचार गर्ने पनि उनले बताए । 

safai

अध्यक्ष भट्टराईले कार्यपालिका बैठकमा पनि सरसफाईको व्यवस्थापन नगर कार्यालयबाट नभै अब वडा कार्यालयबाट नै गर्नुपर्ने आवाज उठाएको बताए । उनले वडालाई नै सरसफाईको जिम्मा दिएमा प्रभावकारी हुने पनि बताए । ‘कार्यपालिकामा पनि आवाज उठाएका छौं । अहिले हप्तामा १ पटक मात्र गाडी आएर फोहोर उठाउने गरिन्छ । कहिले त ट्याक्टर २ सातासम्म पनि आउदैन,’वडाध्यक्ष भट्टराईले भने,‘बर्खाको बेला पानीले बगाउछ, कुकुरले तानेर बाटोभरि छरिदिन्छ । दैनिकरुपमा नै सरसफार्ई हुनुपर्छ । सरकारले मात्र होइन, हरेक नागरिक आफै सरसफाईमा लाग्नुपर्छ ।’ 

safai4


अध्यक्ष भट्टराईले अबदेखि वडाले नै ट्याक्टर व्यवस्थापन गर्ने र दैनिकरुपमा फोहोर संकलन गरेर सम्बन्धित स्थानमा पुर्याउने पनि बताए । यस्तै, विजयपुरमा भएको धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरुबाट पनि निस्कने फोहोरलाई व्यवस्थापनको लागि मन्दिर व्यवस्थापन समितिलाई पत्राचार गर्ने बताए । ‘मन्दिर व्यवस्थापन समितिले पनि मन्दिरहरुको प्रसाद, फुलपातीहरु जथाभावी नफालेर उचित व्यवस्थापन गर्नुपर्छ । हामी वडाबाट निर्णय गरेर व्यवस्थापन समितिलाई पत्राचार गछौं,’उनले भने, ‘मन्दिर कसरी सुन्दर बनाउने दायित्व उहाँहरुको पनि हो । मन्दिर व्यवस्थापन समितिले पनि भन्यो भने हामी पनि तयार हुन्छौ ।’

भिडियो:

safai3

safai1