धरान: मेयर हर्क साम्पाङको खानेपानी योजनालाई देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ । 

हिजो सोमबार केन्द्र लिम्बुबाट डस्विनसँगै खानेपानी पाइप सहयोग भएको थियो । आज पुनः युकेमा रहदै आएकी धरान ३ निवासी विष्णुकुमारी चेम्जोङ र उनको परिवारले खानेपानी पाइप हस्तान्तरण गरेको छ । खानेपानी व्यवस्थापन बोर्ड परिसरमा १ लाख ६ हजार बराबरको पाइप दाताको भतिजि आशा लिम्बुले मेयर साम्पाङलाई हस्तान्तरण गरेकी थिइन् । राम्रो काम र योजना अघि बढे युकेबाट अझै पनि सहयोग आउने परिवारजनले जानकारी दिएका छन् । 

water-pipe

मेयर साम्पाङले उक्त पाइपहरु आपगाँछीस्थित खर्दु खोलाको मुहानबाट पानी ल्याउन उपयोग गरिने बताए । उनले त्यहाँबाट प्रशस्तै पानी ल्याउन सकिने पनि बताए । धरानमा पानी खुवाउने आफ्नो संकल्पलाई जनश्रमदान, जनसहभागिता र सहयोग पाउदा आफु ज्यादै हर्षित भएको पनि मेयर साम्पाङले बताए । ‘यो योजनालाई सम्भव बनाउने धराने जनताले नै हो, खर्दु मुहानमा पानी प्रशस्त छ, फेरि थप्दैछु,’उनले भने ।

बर्षमा करोडौंको विजुली पम्प चलाउदा खर्च भइरहेको पनि उनले बताए । पम्प पनि बिग्रिरहने भएकोले पम्प बिग्रदा सतहको पानी, खोला खोल्सीको पानी ल्याएर वितरण गरेर संकट हुन नदिने उनको भनाई छ । मेयर साम्पाङले डाँडामा पोखरी बनाएर मंसिरमा स्टोर गर्ने र फिल्टर गरेर फागुन, चैतमा खुवाउने तत्कालको लागि भनेर आफु लागि परेको उनले बताए । यसको लागि प्रदेश र केन्द्रबाट पनि बजेट माग गर्ने बताए । 

भिडियो :

दाता विष्णुकुमारी चेम्जोङ थेगिम

bishnu

water-pipe1