विराटनगर: झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा हिजो (बुधवार) भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

बुधवार साँझ झापाको कमल गाउँपालिका –५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमती प्रदेश(०३(००१ क २१२ नम्बरको टिपरले साईकल यात्रीलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट तुम्बेवा गाउँपालिका(५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

यसैगरी, सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका(४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार साँझ सुनसरीको ईनरुवाबाट लौकहीतर्फ जाँदै गरेको BR 11 PB 8012 नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउदै ना.६३ प.४०७५ नम्बरको मोटरसाईकललाई टक्कर दिएको थियो । उक्त ठक्करबाट घाईते भएका मोटरसाईकल चालक बर्दिबास नगरपालिका ६ धनुषाका ३० बर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे पनि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।