धरान: प्रदेश १ स्तरीय मेजर श्रवणकुमार मेमोरियल अन्तर विद्यालय डिपो बास्केटवल रनिङ्ग कपमा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । 

डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता यही साउन १५ गतेदेखि शुरु हुन लागेको छ ।    डिपो स्कुल व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । आयोजकले प्रतियोगिताको खेल तालिका तयार गरि हिजो शुक्रबार सार्वजनिकसमेत गरेको छ । सहभागी विद्यालयको प्रतिनिधिहरुको उपस्थितिमा खेल तालिका तयार पारिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेल चिल्ड्रेन एकेडेमी र हिमशिखर तरहरा बीच हुनेछ ।

      प्रतियोगितामा आयोजक डिपो स्कुल, सियोन स्कुल, सगरमाथा स्कुल, लोटस, चिल्ड्रेन एकेडेमि, होलिल्याण्ड, टावर टेम्पल स्कुल विर्तामोड, हिमशिखर स्कुल तरहरा, सयपत्रि स्कुल तरहरा, विश्व आर्दश स्कुल इटहरी, युएन स्कुल, सुनाखरी स्कुल, केके इन्टरनेशनल, दिल्ली पव्लिक स्कुल, कार्मेल स्कुल र समिट स्कुलले सहभागिता जनाएको भएको छ । प्रतियोगिताको उद्घाटनको दिन चार वटा खेल  हुने प्राविधिक सहयोगको जिम्मेवारी पाएको धरान बास्केटवल संघले जनाएको छ । 

प्रतियोगितामा विद्यालयस्तरिय प्रतियोगितामा यसै वर्ष एसईई दिएका विद्यार्थीसम्मका खेलाडीहरुले सहभागी हुन पाउने छन् ।          प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडि र हाइस्कोररले जनहि नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित आयोजक डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ।