धरान: प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको फाइनलमा चिल्ड्रेन एकेडेमी र होलिल्याण्ड स्कुल भिड्ने भएको छ । 

      डिपो स्कुलको बास्केटबल कोर्टमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुललाई  ३९-२० स्कोरले हराउदै फाइनल प्रवेश गर्यो । चिल्ड्रेन एकेडेमी र कार्मेल स्कुलले प्रत्यक क्वाटरमा ९-५, ६-९, २१-३ र ३-३ स्कोर गरेको थियो । खेलमा चिल्ड्रेनका पीयूष तामाङले ब्यक्तिगत १७ स्कोर गर्दै जितमा महत्वपुर्ण भुमिका खेले।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा होलिल्याड स्कुलले टावर टेम्पल स्कुल बिर्तामोडलाई ५४-१२ स्कोरको फराकिलो अन्तरले हराउदै फाइनलमा प्रवेश गर्यो । होलिल्याड स्कुलले टावर टेम्पल विरुद्ध प्रत्येक क्वाटरमा १०-०, १२-४, २०-४ र १२-५ स्कोर गरेको थियो । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै होलिल्याडका इङ्ग्वाहाङ लिम्बुले ब्यक्तिगत ३८ स्कोर गरेका थिए । 

basket1 2

डिपो स्कुल ब्यवस्थापन समिति अध्यक्ष दिवङ्गत मेजर श्रवणकुमार लिम्बुको सम्मानमा आयोजित प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताको विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडि र हाइस्कोररले जनहि नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राबिधिक सहयोगमा भएको हो ।  फाइनल खेल श्रावण २० गते बिहान ९ बजे हुने आयोजकले जनाएको छ।