धरान: धरान १७ स्थित कालापानी देवीथानमा रहेको सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाउन वडा कार्यालयले तार घेराबारा लगाएको छ । 

निरन्तर अतिक्रमण गरेर घरटहरा बनाउन थालेपछि १७ नम्बर वडा कार्यालयले तार घेराबार गरेको हो । वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)का अनुसार सार्वजनिक जग्गा संरक्षणको शिर्षकमा बजेट नभएपनि बाँकीमा तार, सिमेन्ट पिलर ल्याएर घेराबार गरिएको छ । सोही ठाउँमा शनिबार बिहान वृहत वृक्षारोपण पनि भएको थियो । करिब २ हजार विरुवा रोप्ने लक्ष्य अनुसार वडा कार्यालयले वृक्षारोपण गरिएको जनाएको छ । वृक्षारोपण कार्यक्रम धरानका उपमेयर अइन्द्रबिक्रम बेघा प्रमुख आतिथि रहेका थिए । 

kalapani1

वडाअध्यक्ष भट्टराईका अनुसार कालापानी धार्मिक क्षेत्र पनि हो । त्यहाँ स्थानीयबासीले पूजा गर्ने देवीथान पनि छ । जहाँ बषौंदेखि बैशाख पुर्णिमाको दिन पूजा गर्छन् । वडा कार्यालयले एक जना हेरालुको पनि व्यवस्था गरेर विरुवाको संरक्षण गर्ने अध्यक्ष भट्टराईले बताए । घेराबारा गरेको ठाउँमा करिब साढे ४ बिघा जग्गा छ भने दक्षिणतर्फ अझै ५, ७ बिघा जमिन संरक्षण गरिने उनले बताए । 

kalapani8

उपमेयर बेघाले अतिक्रमणबाट कालापानी क्षेत्र जोगाउन वडा कार्यालयले तार घेराबारा गरेको कार्य प्रशंसनीय भएको बताए । वडा १७ ले जस्तै धरानको सबै सार्वजनिक जग्गाहरु संरक्षण गरिनुपर्ने भन्दै उनले आफुहरु भर्खर निवार्चित भएर आएकोले अब त्यसतर्फ ध्यान दिने बताए । वडा नं १७ का युवा नेता विनोद राईले सार्वजनिक जग्गा संरक्षण हुँदा वडालाई मात्र नभै सम्रग धरानलाई नै फाइदा हुने भएकोले धेरै राम्रो काम भएको बताए । 

भिडियो:

kalapani2

kalapani3

kalapani4

kalapani9

kalapani7

kalapani10