धरान: पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा विरुवा रोपेका छन् । 

पार्टीको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका प्रचण्ड सबैभन्दा पहिला धरान १३ स्थित सर्दु खोला पुगेका थिए । त्यहाँ उनले जेबी टुहुरेलाई सम्झिएर मेयर साम्पाङसँगै विरुवा रोपेका थिए । विरुवा रोपिसकेर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै प्रचण्डले मेयर साम्पाङ र आफ्नो पार्टीबाट निवार्चित उपमेयर अइन्द्र बेघाको जोडी मिलेको भन्दै प्रशंसा पनि गरे ।

prachanda-click3

उनले मेयर साम्पाङको कामलाई देशभरबाट गम्भीरतापुर्वक हेरिरहेको भन्दै कम्युनिष्ट र माओवादीहरुले गर्नुपर्ने काम गरिरहेको भन्दै थप प्रशंसा पनि गरेका थिए । उनले पार्टीका कार्यकर्ताहरु र श्रमजिविहरुलाई मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन पनि आग्रह गरे। 

भिडियो: