धरान: नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङ शनिबार सर्दु खोलामा श्रमदान गर्न पुगेका छन् । 

नेता तामाङले बेलायतबाट बुबा रामबहादुर गोले तामाङले पठाइदिएको नगद १५ हजार रुपैया पनि हस्तान्तरण गरेका थिए । खानेपानी अभियान तथा वृक्षारोपण गरिएको विरुवामा पानी सिचाईको लागि पाइप खरिदमा १५ हजार रुपैया बुबाले बेलायतबाट पठाइदिएको तामाङले बताए । उनले आफुले श्रमदान गरेको र निरन्तर गरिरहने पनि बताए । साथै, बुबाले भविष्यमा पनि थप सहयोग पठाउने बताएको पनि जानकारी दिए । 

sujendra

नेता तामाङले मेयर साम्पाङले नगरबासीलाई श्रम र विकाससँग जोडेर श्रम सँस्कृतिलाई संस्थागत गरेको भन्दै प्रशंसा पनि गरे । नगरबासीसँगै अभियानबाट उत्प्रेरित भएर टाढा टाढाका जिल्लाबाट पनि जनताहरुको उत्साहजनक सहभागिता रहेको उनले बताए । ‘हामीले दलगतरुपमा सहयोग नै पुर्याइरहेका छौं, यो अभियानलाई कहिल्यै विरोध गरेका छैनौं । म स्वयम आज कांग्रेस क्षेत्रीय सभापति उपस्थित छुँ,’ उनले भने, ‘धरान निर्माणको कुरा हो, कोही प्रतिपक्ष र सत्ता पक्ष हुदैन । एक हुनुपर्छ । आज म आएको छुँ, भोली सबै दल, नागरिक समाज, संघसंस्था जोडिनुपर्छ । सिंगो धराने जोडिनुपर्छ ।’

भिडियो: