धरान: गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको लागि धरानमा प्रदेश १ स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । 

धरान १८ स्थित गल्फ कोर्षमा शुक्रबारदेखि दुई दिने छनौट प्रतियोगिता शुरु भएको हो । छनौट प्रतियोगिता जिल्ला तथा प्रदेश खेलकुद विकास समितिको आयोजना तथा नेपाल गल्फ संघ सुनसरीको संयोजनमा भएको हो । प्रतियोगितामा पुरुषतर्फ १२ जना सिंगल ह्याण्डीक्याप एमेच्योर खेलाडीहरु सहभागी छन् । महिलातर्फ भने ३ जना खेलाडीले मात्र नाम दर्ता गरेको कारण स्वतः छनौट भएको संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले जानकारी दिए । 

golf1

उनका अनुसार प्रदेश १ मा गल्फ कोर्ष र संघ सुनसरी, धरानमा मात्र भएकोले विगतमा जस्तै यसपाली पनि एकैपटक जिल्ला र प्रदेशको टिम छनौट हुनेछ । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले स्वर्ण पदक जितेको स्मरण गर्दै केन्द्रीय उपाध्यक्ष राईले यसपाली पनि जित्ने गरि टिम तयारी हुन शुभकामना पनि दिए । यसैगरि, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा मेडल जितेर ल्याउन शुभकामना व्यक्त गरेका थिए । छनौट प्रतियोगिताको समापनमा शनिबार प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्ले धरान आउने पनि गल्फ संघले जानकारी दिएको छ । 

भिडियो:

golf2

golf3