धरान: धरानका साइक्लिष्टहरु स्वास्थ्य र मनोरञ्जनको लागि मात्र साइकल चलाउदैनन्, उनीहरु विभिन्न सामाजिक गतिविधिहरुमा पनि उतिकै संलग्न हुन्छन् ।

शनिबार (आज) बिहान पनि धरान, इटहरी, तरहराका साइक्लिष्टहरु यस्तै सामाजिक काममा सहभागी भए । रोटरी क्लब अफ धरानले साइक्लोफन कार्यक्रम आयोजना गरेको थियो । फन राइड भए पनि यो कार्यक्रमले सुनसरी र मोरङको सिमाना चोक्टीस्थित जन्मभुमी आधारभुत विद्यालयलाई सहयोग गर्ने उद्देश्य राखेको छ । त्यसैको लागि साइक्लोफन कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार अपेक्षा गरिए भन्दा झण्डै तीन गुणा सहभागीता भएको थियो । ‘हामीले अपेक्षा गरेभन्दा धेरै सहभागी हुनुभयो, त्यसैले यो पहिलो कार्यक्रम सफल भयो,’उनले भने ।

भिडियो:

कार्यक्रमको उद्घाटन रोटरीका पुर्वअध्यक्षहरुले रिबन काटेर गरेका थिए भने बेलुन पनि उडाइएको थियो । साइक्लिष्टहरु सिंहदेवी चोकबाट भानुचोक, पुतलीलाइन, धनकुटे रोड हुदै महादेव चोकबाट माथिल्लो पानवारा भएर चोक्टी पुगेका थिए । कार्यक्रम संयोजक विनयलाल श्रेष्ठका अनुसार चोक्टीमा जन्मभुमी स्कुलमा पनि पुगेर व्यवस्थापन समितिसँग छलफल गरेर साइक्लोफन समापन गरिएको थियो । यो कार्यक्रमलाई बर्षेनी निरन्तरता दिइने संयोजक श्रेष्ठले जानकारी दिए । 

cyclofun5

cyclofun1

cyclofun3

cyclofun2