धरान : रोटरी क्च्लब अफ धरानले साइक्लोफन फोर तथा साइक्लोक्रस थ्री  कार्यक्रम आयोजना गर्ने भएको छ। 

क्लबले पत्रकार सम्मेलन गर्दै चैत १४ गते बिहान भानुचोकबाट कार्यक्रम हुने जानकारी दिएको हो । कार्यक्रमको समापन भगवती आधारभूत विद्यालय, धरान–१६ मा हुने क्लबले जनाएको छ । यस कार्यक्रमअन्तर्गत ‘साइक्लोफन फोरको दूरी १० किलोमिटर र ‘साइक्लोक्रस थ्रीको दूरी १५ किलोमिटर रहने क्लवले जनाएको छ । 

प्रतियोगितामा सहभागी साइक्लिष्ट खेलाडीहरूका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको छ भने बाहिरबाट आउने सहभागीका लागि बसोबास र खानाको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।

IMG-20260326-WA0007

प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार, चतुर्थले ३ हजार र पाँचौँले २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै ‘महिला फास्टेस्ट राइडर’ र ‘मास्टर ४०ं फास्टेस्ट राइडर’ लाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रमबाट संकलित रकम बालबालिकाको शिक्षा तथा विकासका लागि प्रयोग गरिने आयोजकले जनाएको छ। विशेषगरी विद्यालयहरूमा खेल मैदान तथा बालमैत्री पूर्वाधार निर्माणमा सहयोग गरिने उल्लेख गरिएको छ।

क्लबका अध्यक्ष रो। फिरोज श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको र यस वर्ष पनि भव्य रूपमा कार्यक्रम सम्पन्न गरिने विश्वास व्यक्त गरे।