धरान: मेयर हर्क साम्पाङले वडा नं १५ लाई पानी वितरण गर्ने लक्ष्य लिएर भालु खोलाबाट पानी ल्याउने योजना शुरु गरेका छन् ।

स्थानीय उपभोक्ताहरुले विरोध जनाएपछि शिवजट्टाको योजनाबाट पछि हटेर मेयर साम्पाङले भालुखोलाको योजना शुरुवात गरेका हुन् । शुक्रबारदेखि भालुखोलामा पनि श्रमदानको काम शुरु भएको छ । श्रमदानमा वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई पनि आएका थिए । उनले बिहिबार मेयरको कार्यकक्षमा भएको छलफलमा सहमति जुटेपछि श्रमदानमा आउने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुसार उनी शुक्रबार श्रमदान गर्न पुगेका हुन् ।

bhalu-khola5

ईञ्जिनियर तथा धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार भालुखोला नजिकै ट्यांकी निर्माण गरेर पानी जम्मा गरिनेछ । त्यहाँबाट पाइपमार्फत वडा १५ निजरान वस्ती र वडा ४ जोड्ने सेउती पुल क्षेत्रमा ट्यांकी निर्माण गरेर जम्मा गरिनेछ । त्यहाँबाट वडा १५ को विभिन्न क्षेत्रमा पानी वितरण गरिने र धेरै राहत पुग्ने उनले बताए ।

मेयर साम्पाङले बर्षाको पानी संकलन गरेर वितरण गर्ने र विजुलीको विलमा हुने खर्च जोगाउने आफ्नो उद्देश्यमा सफलता मिल्दै गएको बताए । उनका अनुसार सर्दु, खर्दु, निशानेको पानी स्वास्तिका चोकमा ल्याएर वितरण गर्न थालेपछि जंगलको पम्प चलाउन नपर्दा यसपाली विजुलीको विल अघिल्लो महिनाभन्दा १० लाख कम आएको छ । ‘अघिल्लो महिना ३४ लाख विजुलीको विल आएको थियो, यसपाली १० लाख कम आयो । बर्षाको पानी संकलन गरेर विरतण गर्नुको उद्देश्य नै यही हो,’उनले भने ।

भिडियो: