धरान: कोरोनाको कारण ती बर्ष रोकिएको १७ औ ललित अम्वर डिपो कप शुक्रवारदेखि सुरु भएको छ ।

शुक्रवार भएको उद्घाटन खेलमा डिपो स्कुलले आइडल स्कुललाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि दौडमा अघि बढेका छन् । खेलमा डिपो स्कुलका सारेन राईले २ गोल, सल्विन ताम्रकारले एक गोल, सरोज तोलेङ्गिले एक गोल गरेका थिए भने आइडलका विरेन राई र नकुल परियारले आत्मघाती गोल गरेका छन् । 

आइडलका तर्फबाट मिमिक मगरले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आइडलका मिमिक मगर घोषित भए । उनलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम वेघा र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वर वहादुर लिम्वुले संयुक्त रुपमा द्धिप प्रज्वलन गरेर गरेका थिए । 

depo 1

कार्यक्रममा डिपो सार्वजनिक शैक्षिक गुठि संचालक समिति कार्यावाहक अध्यक्ष लेफ्टिनेन्ट भिमराज लिम्वु, डिपो आर्दश वहुमुखी क्याम्पसका प्राचार्य राजकुमार राई, अग्रज पत्रकार एवं युवा नेता भिम ज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।  

मंसिर १६ गतेसम्म हुने प्रतियोगितामा सुनसरी भरिका १६ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाइ स्कोररले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

depo1

यसैगरि प्रतियोगिताको पहिलो चरणका उपविजेताहरुले सहभागिता जनाउने लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेतालो नगद २ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उद्घाटन खेलमा पराजित भएका आइडल स्कुलले प्लेट च्याम्पियन खेल्नेछ । भोली शनिबारको खेल इष्टर्न एजुकेशनल एकेडेमी र बराह राइजिङ्ग स्टार, नेपाल पुलिस र इक्वा सेकेन्डरि स्कुल र प्रभात सेकेन्डरि स्कुल र लिवर्टि रेसिडेन्टल स्कुल विच हुनेछ । 

depo2

depo3

depo4