धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगितामा इष्टर्न एकेडेमी र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । 

सोमबारदेखि क्वाटरफाइनल खेलमा इष्टर्नले आयोजक डिपो र पुलिस स्कुलले प्रभात स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डिपो र इष्टर्नबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फ गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइव्रेकरमा इस्टनले डिपोलाई ४–३ गोल अन्तरले पराजित गरे ।

दोस्रो क्वाटर फाइन खेलमा समेत दुवै तर्फ गोल हुन नसकेपछि खेल टाइव्रेकरमा गएको थियो । टाइव्रेकरमा समेत ३/३ वरावर गोल भए पछि सडनडेथको आधारमा पुलिस स्कुल विजयी भएको हो । जितसंगै पुलिस र इष्टर्न एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ ।

dep1

यस्तै, लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको पहिलो खेलमा वराह र एक्वा एकेडेमी विजयी भएको छ । वराह राइजिङ्ग स्टार स्कुलले लिवर्टिलाई १–० र एक्वा एकेडेमीले आइडललाई ४–० गोल अन्तरले पराजित गरेको छ । 

सोमवार भएको पहिलो क्वाटर फाइनल खेलमा डिपो स्कुलका मन्जिल मगर र दोस्रो क्वाटर फाइनल खेलमा प्रभात स्कलका नेम्साङ थापामगर म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई डिपो व्यावस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वर वहादुर लिम्वुले ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए ।