धरान: धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताको विजता आफ्ना खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ।

विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई कलेजका विद्यार्थी र शिक्षकशिक्षिकाहरु माझ खदा र अबिर लगाएर सम्मान गर्दै विजेता ट्रफी प्रदर्शन गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पुष ७ गते देखि आयोजित मेयर कपको फाइनल १८ गते भएको थियो । माविस्तरिय मेयर कप फुटवलको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । 

megha1

धरान मेघा कलेजका पवन तामाङ्ग प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच, राजिव खड्का उत्कृष्ट गोलकिपर, अंकित थापा प्रतियोगिताभर ७ गोल गर्दै हाइ स्कोरर र सुगम जिमी (क्याप्टेन)ले प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि पनि जित्न सफल भएका थिए । उनीहरुले पनि सम्मान कार्यक्रममा व्याक्तिगत ट्रफि विद्यार्थीहरु माझ प्रदर्शन गरेका थिए । 

megha2

धरान मेघा कलेजको प्रागणमा सम्पन्न कार्यक्रममा विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई कलेजका अध्यक्ष कैलाश लिम्वु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका साइन्स कोअर्डिनेटर जिवन न्यौपाने, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले खदा र अविर लगाइ सम्मान गरेका थिए । प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका ३६ वटा विद्यालयले सहभागिता जनाएको थियो ।