धरान: आइतबार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा ज्यान गुमाएकाहरुप्रति धरानमा श्रद्धाञ्जली दिइएको छ । 

स्वतन्त्र नागरिक समाज र सचेत धराने समुहले सोमबार साँझ धरानको भानुचोकमा दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली दिएको हो । उक्त श्रद्धाञ्जली कार्यक्रममा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं २ का वडाअध्यक्ष रमेश राई पनि सहभागी रहेका थिए । यस्तै, आम सर्वसाधारणहरुले पनि दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

yati2

नागरिकहरुले नेपालभित्र चलेका विमानहरु धेरै पुरानो भएकोले दुर्घटना बढी भएको हुनसक्ने आशंका व्यक्त गर्र्दै पुराना विमानहरु विस्थापन गर्नुपर्ने बताए । उनीहरुले आन्तरिक उडानको विमानहरुको प्रविधिकरुपमा जाँच गरेर धेरै पुराना विमानलाई हटाउनुपर्ने पनि सरकारसँग माग गरेका छन् । 

yati1

भिडियो: