धरान: माया धराने ब्राण्डको साबुन उद्योग खोल्न रोक लाग्ने गरि जारी भएको अदालतको स्टे अर्डर फुकुवा गर्न माग गर्दै हस्ताक्षर संकलन भएको छ । 

सचेत धराने समुहको आयोजनामा भानुचोकस्थित घण्टाघरमा आज (शुक्रबार)देखि हस्ताक्षर अभियान शुरु भएको हो । स्वतन्त्र नागरिक समाजको पनि सहभागिता रहेको यो अभियान आइतबारसम्म हुने सचेत धराने समुहका प्रवक्ता राम लिम्बुले जानकारी दिए । धरानलाई उत्पादन र रोजगारी सृर्जना गर्न मेयर हर्क साम्पाङले साबुन उद्योगको अवधारणा अघि बढाए पनि वन कार्यालय पुर्वाग्रही भएर मुद्दा दायर गरेको उनले बताए । 

भिडियो:

आम धराने जनता उद्योग खोल्नुपर्ने पक्षमा रहेको प्रमाणित गर्न र सांकेतिकरुपमा दबाब दिनको लागि हस्ताक्षर संकलन गरिएको पनि प्रवक्ता लिम्बुले बताए । तीन दिनसम्म संकलन गरिने हस्तक्षरलाई धरान १३ स्थित प्रादेशिक वन निर्देशनालयमा बुझाइने पनि उनले बताए । 

हस्ताक्षर गर्न मेयर साम्पाङ पनि भानुचोक पुगेका थिए । हस्ताक्षर गर्न भिड लागेकोले जनताले उत्पादन कति चाहेका छन् भन्ने प्रमाणित भएको मेयर साम्पाङले बताए । उत्पादन बढाउनु, रोजगारी सृर्जना गर्नु र आत्मनिर्भर बन्नु राम्रो काम भएपनि विभिन्न कानुनी अड्चन निकालेर राज्यकै निकायले हतोत्साहित बनाउने काम गरेको भन्दै उनले असन्तुष्टी पनि पोखे । 

signature1

signature2