धरान: तामाङ समुदायको नयाँ वर्ष २८५९ सोनम ल्होसारको अवसरमा आइतवार मैत्रिपुर्ण बास्केटवल खेल भएको छ ।

नेपाल तामाङ घेदुङ्ग संघ, सुनसरी अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा आयोजित मैत्रीपुर्ण खेल धरान बास्केटवल संघका संस्थापक तथा पदाधिकारीहरुबीच भएको हो । दुई टिममा विभाजन गरि खेलिएको मैत्रीपुर्ण खेलमा एउटा टिम सभाध्यक्ष सुरजकुमार लामा र अर्को टिम धरान बास्केटवल संघका संस्थापक तथा महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक कृष्ण राईले नेतृत्व गरेका थिए । लामाको टिमले राईको टिमलाई ७०–६८ अंकको झिनो अन्तरले पराजित गरेको थियो । 

basket1 2

प्रतिस्पर्धात्मक खेलमा लामा र राईको टिममा प्रत्येक क्वाटरमा २४–११, १२–१५, १४–२० र १०–१२ स्कोर भएको थियो । खेलमा विजयी टिमका प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र राष्ट्रिय रेफ्रि शिशिर पोख्रेलले समान २४ अंक जोडेका थिए भने पराजित राईको टिमबाट त्रिसान्त श्रेष्ठले २७ अंक जोडेका थिए ।

       विजयी हुने लामाको टिम वाट नेपाल बास्केटवल संघका पुर्व केन्द्रिय सदस्य तथा धरान बास्केटवल संघका संस्थापक महेश श्रेष्ठ, संघका संस्थापक एवं सल्लाहकार एसपी नविन राज राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, राष्ट्रिय रेफ्रि शिसिर पोख्रेल र प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई रहेका थियो । यसैगरि राईको टिमबाट बास्केटवल संघका संस्थापक तथा सल्लाहकार एसपी टेकुनन्द लिम्वु, पुर्व खेलाडी देवराज राई, बास्केटवल संघका सदस्य रोशन राई, पुर्व खेलाडी सविन राई, प्रदेश १ बास्केटवल खेलाडी दिवस राई र त्रिशान्त श्रेष्ठ रहेका थिए ।

धरान ८ स्थित यलम्वर खेल मैदानको बास्केटल कोर्टमा सम्पन्न मैत्रीपुर्ण खेल कार्यक्रमा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईको पनि उपस्थिति रहेको थियो । नयाँ वर्ष तथा सोनम ल्होसारको सुभकामना आदनप्रदान गरे पछि कार्यक्रम समापन भएको थियो।

basket2 2