धरान: पुष ३० गतेदेखि जारी २३ औं टुबोर्ग गोधुली रनिङ कपको आज फाइनल हुदैछ । 

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा वडा नं १५ र वडा नं १७ बीच उपाधि भिडन्छ हुदैछ । तीन पटकको च्याम्पियन रहीसकेको वडा १७ र एक पटक मात्र उपाधि उचालेको वडा १५ बीचको खेल अत्यन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । गोधुलीको २३ औं सँस्करण भइरहदा अहिलेसम्म १५ नम्बर वडाले एक पटक १४ औं सँस्करण मात्र जितेको छ भने वडा १७ ले गोधुलीको १८ औं, १९ औं र २० औं सँस्करण लगातार जितेर उपाधिमा ह्याट्रिक गरेको थियो । गत सँस्करण वडा नं १६ विजेता र वडा नं १३ उपविजेता भएको थियो । 

फाइनल खेल दिउँसो २ बजेदेखि हुनेछ । प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार नगद पाउनेछ । यस्तै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) र उनका बुबा ध्यानबहादुर राईले विजेता र उपविजेता टिमलाई थप २५/२५ हजार नगद पुरस्कार थपिदिनेछन् । २१ औं सँस्करणदेखि वडाअध्यक्ष राई र उनका बुबाले विजेता र उपविजेतालाई नगद पुरस्कार थपिदिने गरेको पनि उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

 यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार, हाई स्कोररले नगद ७ हजार ५ सय पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट र फाइनलको म्यान अफ दि म्याचले नगद ५ हजार ५ सय पाउनेछन् । प्रतियोगितामा कुल १५ लाख १३ हजार ३६५ रुपैया खर्च हुने अनुमान गरिएको पनि क्लबले जनाएको छ । प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने टिमलाई समेटेर धरान उपमहानगरपालिकाले स्वर्गीय सुवास राई स्मृति सुपर ८ प्रतियोगिता पनि आयोजना गराउनेछ । गत बर्षदेखि उपमहानगरले यो प्रतियोगिता शुरु गरेको हो । प्रतियोगिताले यो बर्ष पनि निरन्तरता पाउनेछ ।