धरान: धरान फुटबल क्लबले गत बैशाखमा निवार्चित भएका मेयर, उपमेयरसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ । 

क्लबले सोमबार धरान १६ स्थित रंगशालामा कार्यक्रम आयोजना गरि बधाई र कार्यकाल सफलताको शुभकामना दिएको हो । क्लबका अध्यक्ष किशोर राईले मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित २० वटै वडाका अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान पत्र र मायाको चिनो ट्रयाक सुट प्रदान गरेका थिए । क्लब र खेलकुदसँग सुमधुर सम्बन्ध बनाउनको लागी कार्यक्रम आयोजना गरिएको पनि अध्यक्ष राईले बताए । 

dfc1

बधाई तथा शुभकामना पश्चात मैत्रीपुर्ण फुटबल खेल पनि आयोजना भएको थियो । यही फागुन १३ गतेदेखि हुन लागेको २३ औं टुबोर्ग बुढासुब्बा गोल्डकपको प्रर्वद्धनको लागी उक्त मैत्रीपुर्ण खेल गरिएको हो । मेयरको कप्तानीमा उपमहानगरपालिकाको टोली र किशोर राईको कप्तानीमा पुर्वराष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीबीच खेल भएको थियो । 

उक्त मैत्रीपुर्ण खेलमा उपमहानगरपालिकाको टोली २–० गोलले विजयी भयो । उपमहानगरबाट वडा नं १० का अध्यक्ष विवेक राई र मेयरका स्वकिय सचिव सुर्दशन लिम्बुले गोल गरेका थिए । बुढासुब्बा गोल्डकपको २३ औं सँस्करणको लागी नगरसभाबाट नै रकमान्तर गरेर ३ लाख थप गरिदिएको छ । योसँगै उपमहानगरपालिकाबाट बुढासुब्बा गोल्डकप आयोजना गर्न क्लबले कुल १२ लाख अनुदान पाएको छ । 

भिडियो:

भिडियो: