धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित अधेरी खोला किनारको खेलमैदान सिमांकन गर्ने क्रममा बुधबार पनि उपमहानगरले डोजर चलाएको छ । 

वडा कार्यालयले नै खेलमैदान बनाउन खोला (मैदानपुर्व) तर्फ रिटेनिङ वाल लगाएपनि चारैतिर सिमांकन नगर्दा अतिक्रमण हुने क्रम रोकिएको थिएन । खेल मैदानकोरुपमा नै उक्त सार्वजनिक जग्गालाई संरक्षण गर्न उपमहानगरपालिकाले हिजोदेखि काम थालेको छ । आज (बुधबार) पनि उपमहानगरसहितको २ वटा डोजरले सिमांकन कार्य गरेको थियो । त्यसक्रममा केही व्यक्तिहरुले घर बनाउन घेराबारा गरेको तथा पिलरसमेत उठाएको भौतिक संरचना पनि भत्काइदिएको छ । 

dozar

कडा सुरक्षाबीच उपमहानगरले डोजर चलाएको कारण बुधबार प्रतिरोधमा भने स्थानीयहरु उत्रिएनन् । जसले गर्दा सहजरुपमा नै उपमहानगरले सिमांकन कार्य गरेको छ । यद्यपी, घेराबार गर्ने र घर बनाउन तयारी गरेका व्यक्तिहरुले भने आफुहरु मारमा परेको गुनासो गरेका थिए ।

ईञ्जिनियर प्रभात तामाङका अनुसार खेलमैदानको सिमांकन गरेर त्यसभित्र पर्ने सबै भौतिक संरचनाहरु हटाउने उपमहानगरको निर्देशन अनुसार काम अघि बढाएको बताए । सिमांकन गर्ने कार्य भएपछि पिलर राखेर घेराबारा पनि गरिने उनले बताए । 

भिडियो: