धरान: सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन धरान उपमहानगरपालिकाले धरानको वडा नं ५ स्थित अधेरी खोला किनारको जग्गा सिमांकन गरेर घेराबारा थालेको छ । 

उपमहानगरपालिकाले खेल मैदानको लागी संरक्षण गरिएको सार्वजनिक जग्गालाई उत्तर र दक्षिणतर्फ सिमांकन गरेर घेराबारा गर्न शुरु गरेको छ । विगतमा वडा कार्यालयले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर अधेरी खोला किनारको सार्वजनिक जग्गा संरक्षण गरेको थियो । तर, केही महिनादेखि उक्त क्षेत्रमा जर्बजस्ती घर निर्माण गरेको थियो । उक्त घरलाई उपमहानगरले डोजर लगाएर भत्काइदिएको थियो ।

dojar

सोही क्षेत्रको सार्वजनिक जग्गा थप अतिक्रमण हुन नदिन उपमहानगर अघि बढेको हो । नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक विष्णु कोइरालाले सार्वजनिक जग्गा संरक्षण गर्न घेराबाराको काम अघि बढाइएको बताए । सो क्षेत्रलाई रंगशाला तथा खेल मैदानकैरुपमा विकास गर्न यातायातका साधनहरु पनि प्रवेश नपाउने गरि नै बीचको बाटो पनि छेकिने उनले जानकारी दिए । 

भिडियो: