धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रबेश गरेका छन्।

आइतबार भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान मेघाले पुब्लिक हाइ स्कुललाई ३४-७ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रबेश गरेको हो । यसैगरि सियोन र केन्द्रिय प्राविधि क्याम्पस हात्तिसार कलेज बिच भएको प्रतिस्पर्धात्मक खेलमा सियोनले हात्तिसारलाइ ९(७ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । धरान मेघा र पब्लिकले प्रत्येक क्वाटरमा १८-०, १०-२, ५-० र ४-२ अंक जोडेको थियो । महिलातर्फ सियोन र हात्तिसार कलेजले २-०, ०-३, ५-२ र २-२ अंक जोडेका थिए ।

basket1 2

आजै भएको पुरुष तर्फको क्वाटर फाइनल खेलमा सिटि कलेजले लोटस स्कुललाइ ३०-२४ अंकले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको छ । खेलमा सिटि र लोटसले प्रत्यक क्वाटरमा ८-२, ७-११, ३-४ र १२-७ अंक जोडेको थियो । आइतबार भएको खेलमा धरान मेघाका तनु राइले ८, सियोन स्कुलका आशा लामाले ५ र लोटसका सावन मन्डलले ११ अंक ब्यक्तिगत जोडेका थिए ।

धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा जारी प्रतियोगितालाई अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन रहेको छ । सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग छ । भोली सोमबार हुने पहिलो क्वाटरफाइनल खेल युएन नवोदय कलेज र राष्ट्रिय जनसेवक इटहरीबीच हुनेछ भने पुर्वान्चल इन्जिनियर कलेज र बिर्तामोड झापा बिच हुनेछ । पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन र सिटि कलेज सेमिफाइन प्रबेश गरिसकेका छन । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।

basket2 1