धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटि कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रबेश गरेको छ । 

      सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाइ ५४-३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाइ ४२-२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको हो । खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२-६, १३-८, १२-५ र १७-११ अंक जोडेका थिए । 

यसैगरि, दोस्रो खेलमा अदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६-३, ६-३, ११-८ र १९-८ अंक जोडेका थिए । पहिलो क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेकका अस्मिल राइले २० र आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अंक ब्यक्तिगत जोडेका छन् । 

basketball

धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रतियोगितालाई अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन रहेको छ । सुनसरी बास्केटवल संघले प्रतियोगितामा प्राविधिक सहयोग गरेको छ ।  प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

मंगलवार देखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा सिटि कलेज धरान र राष्ट्रिय जनसेवक इटहरी र दोस्रो सेमिफाइनल खेल धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा भइरहेको छ ।