धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण भोली (शनिबार) देखि शुरु हुदैछ । 

एक सातासम्म धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । रंगशालामा शुक्रबार पत्रकार सम्मेलन गर्दे क्लबका अध्यक्ष किशोर राईले उद्घाटन समारोहको प्रमुख अतिथि मेयर हर्कराज राई (साम्पांग) हुने पनि जानकारी दिए । उद्घाटन समारोहमा ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले बिशेष प्रस्तुती दिएर भव्यता प्रदान गर्ने पनि उनले बताए । 

budhasubba2

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युके एफसि भारतबीच हुने छ । प्रतियोगितामा आयोजक धरान, युकेएफसि भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङ गरि कुल ८ टिमको सहभागीता रहेको छ । यसपाली पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी दिइने पनि आयोजक क्लबले जनाएको छ । 

budhasubba1

खेल हेर्न ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरु र अपांग बालबाालिकाहरु आए निःशुल्क प्रवेश गर्न दिइने भएको छ । फागुन २० गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ भने प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने अध्यक्ष राईले जानकारी दिए । 

भिडियो: