धरान: हराईजन क्लवको आयोजनामा जारी ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको दोस्रो दिन नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १७ स्थित श्री निम्न माविको बास्केटवल कोर्टमा सोमबार भएको खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेजलाई पराजित गर्दै नेपाल पुलिस सेमिफाइनल प्रबेश गरेको हो । पुलिसले होलिल्याण्डलाई ९९-४६ फराकिलो अंकले पराजित गर्यो । सहज जित निकालेको पुलिस होलिल्याण्ड विरुद्ध प्रत्येक क्वाटरमा २८-९, २७-४, १८-११, २९-१९ अङ्कको अग्रता बनाएको थियो । खेलमा व्यक्तिगत १६ अंक जोडेका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद एक हजार ५ सय रुपैया र मेडल प्राप्त गरे ।

प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगितामा धरान, काठमाडौ, झापा र मोरङ गरि ८ टिमले सहभागिता जनाएको छ ।  प्रतियोगिताका विजेता टिमले नगद  एक लाख ११ हजार ५ सय ५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भोलि मंगलबार टाइम्स क्लब काठमाडौ र मोरङ बिराटनगरबीच खेल हुनेछ ।