धरान: गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा प्रथम ट्रेल ब्लेजर २०२३ दौड प्रतियोगिता शुरु भएको छ । 

धरान १८ स्थित रत्नचोकबाट बिहान करिब साढे ७ बजे दौड शुरु भएको हो । मेयर हर्क साम्पाङले रिबन काटेर दौडको शुरुवात गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उनले धरान सधै सबेरै उठेर स्फुर्तिको साथ दौडिरहोस् भन्ने कामना पनि व्यक्त गरे । उनले धरानलाई स्वास्थ्य र सभ्यताको सहरकोरुपमा चिनाउन मद्दत गर्ने पनि उनले बताए । 

ट्रायल रेस ८.५ किलोमिटर दुरीको रेको छ । विश्वयुद्धमा लडेका योद्धाहरुको सम्झनामा रेस आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिए । उनका अनुसार कार्यक्रममा ओखलढुंगाका १०२ बर्षीय धनसिंह राई, धरान ११ मा बस्दै आएका १०१ बर्षीय धनदल लिम्बु र विराटनगर बस्दै आएका १०१ बर्षीय मानबहादुर लिम्बुलाई सम्मान गरिनेछ । तीन जनामध्ये ओखलढुंगाका धनसिंह राई भने आउन नसकेको पनि उनले बताए । 

भिडियो:

दौडमा १५० जना मात्र सहभागी गराइने भनिए पछि इच्छुकहरु बढेपछि अढाई सयको हाराहारीमा सहभागी छन् । विजेता खेलाडीहरुलाई गोर्खा स्मृति पार्कमा पुरस्कार पनि वितरण हुनेछ । महिला र पुरुष दुवै समूहका विजेता प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

gorkha trail3

gorkha trail5

gorkha trail1

gorkha trail6

gorkha trail4

gorkha trail