धरान: सिंगापुर पुलिसका पुर्वलाहुरे तथा हाल भर्तीमा रहेकाहरुले कोकाहा खानेपानी अभियानलाई सहयोग गरेका छन् । 

सिंगापुर एक्स गोर्खा फाउण्डेशनको पहलमा ९ लाख ३२ हजार ९ सय बराबरको पाइप सहयोग गरेका हुन् । फाउण्डेशनका अनुसार यो रकमले अनुसार १३१ वटा पाइप खरिद गरिएको छ । धरान १९ जिमीचोकमा आइतबार आयोजित कार्यक्रममा फाउण्डेशनले मेयर हर्क साम्पाङलाई उक्त रकम बराबारको चेक हस्तान्तरण गरेका थिए । 

singapore1

सिंगापुरको गोर्खा कन्टिजेन्टको ७४ औं स्थापना दिवस मनाउने क्रममा पाइप सहयोग गरिएको हो । मेयर साम्पाङ र फाउण्डेशनका अध्यक्ष विरेन्द्र लिम्बुलगायतले कन्टिजेन्टको स्थापना दिवसको केक पनि काटेका थिए । मेयर साम्पाङले अब कसैको पनि आशामा नबसी जनताकै सहभागीतामा विकास गर्ने बताए । उनले सिंगापुर पुलिसबाट अवकाशप्राप्त भूपूहरुको पनि ज्ञान, अनुभवमा उपयोग गरेर अघि बढ्ने बताएका थिए । 

भिडियो: